Rule 22
संरक्षण क्षेत्रभित्र सेवा व्यवसाय संचालन गर्ने
(१) कुनै व्यक्तिले संस्थासँग करार गरेर संरक्षण क्षेत्रभित्रको कुनै जग्गामा होटेल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा व्यवसाय संचालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको करार गर्नु पूर्व संस्थाले सम्बन्धित समिति र संरक्षण अधिकृतसँग परामर्श लिन सक्नेछ ।